Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

घरेलु मैदानमा मुम्बई इन्डियन्सको हार, पञ्जाब किंग्सको जित।

  •   ४ वर्ष अघि | १० बैशाख २०८०, आइतवार

बैशाख १०, काठमाडौँ । आईपीएल - इन्डियन प्रिमियर लिग २०२३ को गएराती बएको खेलमा मुम्बई इन्डियन्सलाई पञ्जाब किंग्सले १३ रनले पराजित गरेको छ ।

मुम्बईको घरेलु मैदान वाङखडे स्टेडियममा पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनाएको हो ।

अन्तिम ओभरमा मुम्बईलाई जितका लागि १६ रन चाहिएको थियो तर पञ्जाबका बलर अर्शदीप सिंहले उत्कृष्ट बलिङ गर्दै २ रन मात्र दिएर २ विकेट लिएपछि मुम्बई पराजित हुन पुगेको हो ।

चौथो जितपछि पञ्जाब ७ खेलबाट ८ अंक जोडदै हंक तालिकाको पाँचौ स्थानमा उक्लेको छ भने तेस्रो हार पछी मुम्बई ६ खेलबाट ६ अंकसहित सातौं स्थानमै रहेको छ ।

  • न्युज बहार संवाददाता

थप