कार्तिक २४, काठमाडौँ । राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा नेपाल क्रिकेट संघ (क्यान) ले इन्दू बर्मालाई नियुक्त गरेको छ ।
हङ्कङमा हुने टी—२० क्रिकेट शृंखलाका लागि क्यानले इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नोभेम्बर १५ तारिखदेखि यो टी—२० शृंखला सुरु हुनेछ । विन्दू रावललाई हङ्कङ भ्रमणका लागि घोषित टोलीमा उपकप्तानको जिम्मेबारी दिइएको छ ।
रुविना क्षेत्री यसअघि राष्ट्रिय महिला टोलीको कप्तानको भूमिकामा रहेकी थिइन्।
- न्युज बहार संवाददाता