Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दबाबका बिच नेपालको शानदार जित ।

कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ ।

  •   ४ वर्ष अघि | ९ फाल्गुन २०७९, मङ्लबार

फागुन ९, काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपालले  लगातार चौथो खेलमा आफ्नो जित निकालेको छ। कप्तान रोहितकुमार पौडेल र करण केसीको साझेदारीमा नवौं विकेटका लागि कीर्तिमान बनाउँदै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ । नेपालले लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो ।

नेपालले २१३ रनको लक्ष्य ८ विकेटको क्षतिमा ३५ बल बाँकी रहँदै पूरा गर्‍यो। नेपालको जितमा कप्तान समेत रहेका रोहितकुमार पौडेलले ९५ रन बनाए । यी दुबैको साझेदारीले नेपाले घरेलु मैदानमा भएको सिरिजमा क्लिन स्वीप गरेको छ । नेपालले पहिलो पटक लिग टूमा सिरिजको चार वटै खेल जितेको हो ।

लिगको च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो । नेपालले १३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

थप