बैशाख २०, काठमाडौँ । आईपीएल - इन्डियन प्रिमियर लिगमा हिजो राति भएको खेलमा अंक तालिकाको पुछारमा रहेको दिल्ली क्यापिटल्सले तालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्समाथि ५ रनको रोमाञ्चकक जित हात पारेको छ ।
नरेन्द्र मोदी स्टेडियम गुजरातको घरेलु मैदानमा भएको खेलमा दिल्लीले १३० रनको लक्ष्य डिफेण्ड गर्दै सिजनको तेस्रो जित हात पारेको हो ।
दिल्लीले दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सफल भयो ।
- न्युज बहार संवाददाता