फागुन
१६, काठमाडौँ। अघिल्लो साता घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबियासँगको
त्रिकोणात्मक एकदिवसीय सिरिजमा सन्दीपले १३ विकेट लिएका थिए। नाबालिग बलात्कार
आरोपमा पक्राउ परेका उनी धरौटीमा रिहाइ भएका थिए रिहा पछी उनलाई बिदेश जान नमिल्ने
शर्त थियो। सन्दीपलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाएको थियो सोही रोकका
बिरुद्ध सन्दीपले आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सर्वोच्चमा
मुद्दा दायर गरेका थिए। त्यसपछि सर्वोच्चले सोमबार उनलाई विदेश जान अनुमति दिएको
थियो।
सन्दीपको भिसाको लागि यूएई एम्बेसीमा हिजो पठाएको र अब भिजा आएपछि टिममा समावेश गर्ने र यूएई पठाउने प्रक्रियामा जाने क्यानका क्रिकेट म्यानेजर विनोद दाशले बताए। ‘सन्दीपको भिसाका लागि यूएई एम्बेसीमा पासपोर्ट हिजो पेस गराका छौँ । भिजा आउने बित्तिकै टिममा राख्ने र यूएई पठाउने प्रक्रिया सुरु गर्नेछौँ,’ दाशले भने ।
अहिले नेपालले
यूएईमा घरेलु टोली यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग त्रिकोणात्मक एकदिवसीय सिरिज
खेलिरहेको छ । जसमा नेपालले हिजो पहिलो खेलमा पीएनजीलाई ४ विकेटले हराएको थियो।
- न्युज बहार संवाददाता