चैत
२, काठमाडौँ। आईसीसी विश्वकप लीग-२ को आजको अन्तिम खेलमा डकवर्थ लुईस नियम अनुसार
युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ।
टस
जितेर कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको
क्षतिमा ३१० जोडेको थियो।
यसको जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकिन पुग्यो र नेपाल डिएल मेथडका आधारमा ९ रनले विजयी घोषणा भयो ।
यो
जित सगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ।आज भएको लिग टूको अन्तिम खेलमा
युएईलार्य हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।
नेपालले युएईलाई उक्त मेथडअनुसार ९ रनले पराजित गरेको हो।
यो जितसँगै नेपाल आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै विश्वकपको ग्लोबल क्वालिफायरमा नेपाली राष्ट्रिय क्रिकेट टोली सिधै छनोट भएको छ।
- न्युज बहार संवाददाता