Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आकाश माडवालको सानदार बलिङ, मुम्बई क्वालिफायर टु मा प्रवेश।

  •   ३ वर्ष अघि | ११ जेष्ठ २०८०, बिहिबार

जेठ ११, काठमाडौँ । आईपीएल - इन्डियन प्रिमियर लिग २०२३ को हिजो राती भएको खलेमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्टसलाई हराउँदै क्वालिफायर टु मा प्रवेश गरेको छ ।

बुधबार चेन्नाइमा भएको खेलमा मुम्बइले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनउ सुपर जायन्टस मुम्बइका आकाशको घातक बलिङपछि १६.३ ओभरमै १०१ रन बनाई अलआउट भयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो । यसको जवाफमा लखनउ सुपर जायन्टसले १०१ रन मात्र बनाउन सक्यो।

मुम्बइका लागी आकाश माडवालले ३.३ ओभरमा पाँच रन मात्र खर्चेर पाँच विकेट लिएका थिए ।मुम्बइले अब फाइनल प्रवेश गर्नका लागि पहिलो क्वालिफायरमा पराजित भएको गुजरात टाइटन्ससँग खेल्नेछ ।

यस खेलमा विजयी भएको टोलीले आगामी आइतबार उपाधिका लागि चेन्नाइसँग प्रतिस्पर्धा गर्नेछ।

  • न्युज बहार संवाददाता

थप