साउन १९, काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा कुल १० अर्ब ८२ करोडको कारोबार भएको छ । टप १० ब्रोकर कम्पनीको हिस्सा कुल कारोबार रकममा ३६ प्रतिशत हुन आउँछ ।
यस दिन कुल ३ अर्ब ८७ करोडको धितोपत्र टप १० ब्रोकर कम्पनीमार्फत खरिद हुँदा ३ अर्ब ९३ करोडको भने बिक्री भएको देखिन्छ । १० टप ब्रोकरमध्ये तीनमार्फत खरिद धेरै भएको छ भने ७ मार्फत बिक्री धेरै भएको छ ।
१० टप ब्रोकरमध्ये श्रीहरि( ब्रोकर नम्बर ५६), भिजन (ब्रोकर नम्बर ३४), इम्पेरियल (ब्रोकर नम्बर ४५), दिपशिखा (ब्रोकर नम्बर ४५), सनी (ब्रोकर नम्बर ४२), डायनामिक (ब्रोकर नम्बर ४४) र त्रिशक्ति (ब्रोकर नम्बर ४८) मार्फत बिक्री बढी भएको छ । त्यस्तै नासा (ब्रोकर नम्बर ५८), अनलाइन (ब्रोकर नम्बर ४९) र आर्यतारा (ब्रोकर नम्बर ५७) मार्फत खरिद बढी भएको छ ।
टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीहरुमा क्रमश हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप लगायत परेका छन छन् ।
- न्युज बहार संवाददाता