Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज नेप्से परिसुचकमा सामन्य बृद्धि, कारोबार रकम १ अर्ब ८५ करोड ।

  •   ३ वर्ष अघि | १५ साउन २०८०, सोमवार

साउन १५, काठमाडौँ।  आज सोमबार नेप्से परिसूचक सामान्य अंकले बृद्धी भएको छ।  

गत पाँच कारोबार दिन लगातार अघटेको नेप्से आज ५.८४ अंक (०.२७ प्रतिशत )ले बढेर २१०६.१८ बिन्दुमा बन्द भएको छ।

आज अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।

यस दिन २६२ वटा धितोपत्रको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेचबाट १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँमा सीमित भएको छ।

आज सोमबार सनराइज ब्ल्यूचीप फण्डको इकाइमूल्य सर्वाधिक ७.१० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा वीन नेपाल लघुवित्त रहेको छ।

यस दिन नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

त्यसैगरी, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बाँकी सबै समूहको परिसूचक बढ्दा लघुवित्त जलविद्युत, र म्युचुअल फण्ड समूहको परिसूचक भने घटेको छ ।

आज व्यापार समूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशतले बढेको छ।

  • न्युज बहार संवाददाता

थप