जेठ ७, काठमाडौं । आज आइतबार साताको पहिलो
कारोबार दिन सेयर बजार सामान्य वृद्धि भएको छ। दिनभरजसो भएको उतार चढाव बिच भइरहेको
बजार ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा बन्द भएको छ ।
आइतबार
सेयर बजार परिसुचक नेप्से ०.३१ प्रतिशतले बढेको हो ।
आज आइतबार कारोबार रकम पनि बढेको छ आज १ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ । आज उपसूचकहरुमा समेत मिश्रित नजिता आएको छ ।
आज आइतबार विकास बैंक, वित्त, जलविद्युत, उत्पादन र प्रशोधन उपसूचकको मूल्य घटेको छ भने अन्य उपसूचक बढेका छन् ।
- न्युज बहार संवाददाता