Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  •   ११ महिना अघि | १९ भदौ २०८२, बिहिबार

भदौ १९, काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिन आज (भदौ १९ गते) अन्तिम मौका रहेको छ। कम्पनीले दोस्रो चरणमा १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्दै १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको पूँजी जुटाउने तयारी गरेको हो।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीले पाएको क्रेडिट रेटिङ अनुसार, केयर रेटिङ नेपालले बुङ्गल हाइड्रोलाई ‘CARE-NP B (Single B)’ इस्युयर रेटिङ दिएको छ, जसले औसत जोखिममा रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरिरहेको माथिल्लो सानिगाड जलविद्युत आयोजना १०.७० मेगावाट क्षमताको रहेको छ, जसको कुल लागत ३ अर्ब २ करोड ३६ लाख रुपैयाँभन्दा बढी छ। प्रति मेगावाट लागत २८ करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको यो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रमा अझै २६ वर्ष १० महिना बाँकी छ।

साधारण लगानी फिर्ता हुने समय ९.८५ वर्ष र छुट दिइएको अवस्थाको लगानी फिर्ता अवधि २२.२९ वर्ष रहने अनुमान गरिएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू तथा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप