Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आजको विनिमयदर,डलरको भाउमा बृद्धी

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

मंसिर ५, काठमाडौँ । अमेरिकी डलरको भाउ आज केही बढेको छ। आज मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार एक डलरको खरिद मूल्य १३३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६५ पैसा रहेको छ। 

त्यस्तै गत शुक्रबारदेखि युरोपियन युरोको मूल्य भने निरन्तर बढिरहेको छ । आज युरोको मूल्य ३३ पैसाले बढेको छ। 

आज युरो एकको खरिददर १४५ रूपैयाँ ३६ पैसा र बिक्रीदर १४६ रूपैयाँ ०१ पैसा पुगेको छ।

यसदिन क्यानेडियन डलरको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज डलर एकको खरिदमा ९७ रूपैयाँ र बिक्रीदर ९७ रूपैयाँ ४३ पैसा तोकिएको छ। 

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५६ पैसा तोकिएको छ। 

मंगलबार कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइनेछ। मंगलबारको लागि राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ।

त्यसैगरी आज मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ५१ पैसा र बिक्रीमा २८ रूपैयाँ ६३ पैसा पाइनेछ।

युएई दिराम एकको खरिदमा आज ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा पाइन्छ।

यसदिन कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर भने ३५२ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५२ पैसा तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप