Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्से परिसूचक २६ सयको मनोवैज्ञानिक विन्दु माथि

  •   ११ महिना अघि | १४ कार्तिक २०८२, बिहिबार

कात्तिक १३, काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ, जससँगै नेप्से परिसूचक २६ सयको मनोवैज्ञानिक विन्दु माथि पुग्दै २६००.३८ अंकमा बन्द भएको छ। सो दिन नेप्से २४.२२ अंकले बढेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.४० अंक, फ्लोट इण्डेक्स २.३७ अंक, र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९३ अंकले वृद्धि भएका छन्।

बजार वृद्धि संगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। बिहीबार २४९ कम्पनीका २ करोड ६० लाख १० हजार ७१८ कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो। अघिल्लो दिन बुधबार ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरका १ करोड १५ लाख कित्ता शेयर कारोबार भएका थिए।

यस दिन गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्तका शेयरहरू सकारात्मक सर्किट लेभलमा पुगेका छन्। साथै, सुपर माई हाइड्रोपावर, गणपति लघुवित्त र पिपुल्स हाइड्रोपावर कम्पनीका शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन्।

उता, एनआईबिएल सवल फण्डको इकाई मूल्य ५.७० प्रतिशत र सानिमा ग्रोथ फण्डको इकाई मूल्य ५.२४ प्रतिशतले घट्दै म्यूचुअल फण्ड समूहमा गिरावट आएको छ।

कारोबार रकमका हिसाबले हिमालयन बैंकको संस्थापक शेयर अग्रस्थानमा रहेको छ, जसको १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि राधि विद्युत कम्पनीको ३७ करोड रुपैयाँभन्दा बढी र नेपाल सी इन्स्योरेन्स कम्पनीको ३४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कुल १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक वृद्धि भएको छ भने म्यूचुअल फन्ड समूहको सूचक मात्र घटेको छ। तीमध्ये हाइड्रोपावर समूह २.६७ प्रतिशतले बढ्दै सबैभन्दा अगाडि रहेको छ। साथै, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा समूहका सूचकहरू पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्।

  • न्युज बहार संवाददाता

थप