चैत
१०, काठमाडौँ। शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताहरूको रकम
फिर्ता गर्न नसकेपछि बुटवल शाखा कार्यालय ‘१५ दिन बन्द रहने’ सूचना टाँसेको थियो।
कार्यालय
खुल्ने र रकम फिर्ता पाउने आस गरी प्रतीक्षामा रहेका बचतकर्ताहरू अनिश्चितकालका
लागि कार्यालय बन्द हुने अर्को सूचना टाँसिएपछि मर्माहत भएका छन्।
उक्त
सहकारी कार्यालयमा कात्तिकदेखि नै बचत फिर्ता माग्नेको भिड लागेको थियो। गत फागुन
८ गते ‘कार्यालय
१५ दिनका लागी बन्द हुने’ सूचना
टाँसिएको थियो।
उक्त टाऊसिएको
सूचनामा संस्था ‘मर्जर
प्रक्रियामा रहेकाले फागुन ८ गतेदेखि २३ गतेसम्म पुँजी व्यवस्थापनका लागि आर्थिक
कारोबार बन्द हुने’ उल्लेख
गरिएको थियो।
बचतकर्ताले
अध्यक्ष सुशील बानियाँकै हस्ताक्षरमा सूचना टाँसिएपछि धैर्य गरेका थिए।
केही
बचतकर्ताहरूले फागनु २३ गते कार्यालय पुग्दा मूल गेटमा ताला लागेको थियो। त्यसको भोलिपल्ट
२४ गते पनि कार्यालय खुलेन।
त्यसपछी एकाएक
२५ गते ‘२३
गतेदेखि कार्यालय सञ्चालन गर्ने भनिएकोमा सञ्चालक समितिहरू विभिन्न शाखाहरूको
सहजीकरणमा रहेकोले अर्को सूचना नआउँदासम्म कार्यालय बन्द रहने’ सूचना टाँसियो।
बचतकर्ताहरूका
अनुसार यसपछि सहकारीका सञ्चालकहरू सम्पर्कविहीन छन्।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ। सहकारीको बुटवल शाखामा कम्तीमा २२ सय बचतकर्ताहरु रहेका छन्। दैनिक र मासिक गरेर उनीहरूले बचत गरेका थिए।
बचतकर्ताहरू धेरैजसो आफ्नो रकम फिर्ता लिन चाहन्छन्।
- न्युज बहार संवाददाता