चैत ८, काठमाडौँ। सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको सुरू गर्ने भएको छ।
प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डले बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक
सुरक्षा योजना कार्यक्रमको शुभारम्भ गरेका छन।
सुरक्षा
योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गराएर
योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्न लागिएको हो।
वैदेशिक
रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत श्रम स्वीकृति नविकरण गर्ने समयमा,
श्रम स्वीकृति लिने समयमा र नविकरण गर्ने समय नभएकाहरू पनि यस
योजनामा सहभागी हुन सक्नेछन।
यस
योजनामा जोडिनको लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ भने यो रकम एकमुष्ट
पनि बुझाउन सकिनेछ। सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत सम्म छुट
पाइने व्यवस्था रहेको कोषले जनाएको छ। रकम जम्मा गर्न ईसेवा, खल्ती र कनेक्ट आइपिएसमार्फत् गर्ने
व्यवस्था मिलाइएको कोषले बताएको छ।
यस
किसिमको कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध
भइसकेका छन्।
- न्युज बहार संवाददाता