Breaking News
गृहमन्त्री लामिछानेले लगाए सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप    ||     १० जना शेर्पाको टोली एकै पटक सगरमाथा चुचुरोमा    ||     आज यी प्रदेशमा हुँदैछ मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा    ||     पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको दूधकोशीमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने    ||     आज के भयो सुन र चाँदीको भाउ?    ||     राजमार्गको छेउमा साना छाप्राबाट दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री    ||     नेपाली समाज धेरै बदलिएको छैन, यसलाई बदल्नुपर्नेछ र त्यसको आधार फिल्म बोक्सीको घरले दिएको छ : गगन थापा    ||     आज अमेरीमी डलरको मुल्य घट्यो कि बढ्यो?    ||     लखनउ सुपर जाइन्ट्स विरुद्ध सनराइजर्स हैदरावाद१० विकेटले विजयी    ||     आजपनि देशका विभिन्न स्थानमा वर्षा हुने    ||    

३.२४ अंकले घटेको नेप्सेमा फाइनान्स उपसमूहको परिसूचक भने बढ्यो

  •   ३ हप्ता अघि | १३ बैशाख २०८१, बिहिबार

बैशाख १३, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन शेयर बजार परिसुचक नेप्सेमा लगानीकर्ताहरु फाइनान्स कम्पनीहरु तर्फ आकर्षित भएका देखिएको छ। आज नेप्से परिसूचक घट्दा पनि फाइनान्स उपसमूहको परिसूचक भने उच्च बढेको छ ।

यस दिन नेप्से परिसूचक ३.२४ अंक(०.१६ प्रतिशत)ले  घटेर १९६५.९३ विन्दुमा बन्द भएको छ ।

आज कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस दिन उक्त कम्पनीको ११ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस दिन शेयरमूल्य बढेका कम्पनीहरुको सूचीमा ५ फाइनान्स कम्पनीहरु रहेका छन् । आज मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्वाधिक ५.८३ प्रतिशतले सबैको लघुवित्तको शेयरमूल्य घटेको छ।

यस दिन कारोबार रकम पनि घटेको छ। नेप्सेमा यस दिन ३०३ स्टकको ४२ हजार १६ पटकको कारोबारमा २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको ६३ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ।

आज सर्वाधिक ३.१३ प्रतिशतले वित्त उपसमूहको परिसूचक बढेको छ। 

  • न्युज बहार संवाददाता

थप