Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कारोबारको पहिलो दिन नेप्से परिसूचकमा ६.९० अंकको गिरावट।

आज नेप्सेमा ६.९० अंकको गिरावट आएको छ।

  •   ४ वर्ष अघि | ५ चैत्र २०७९, आइतवार

चैत ५, काठमाडौँ। आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ६.९० अंकको गिरावट आएको छ। आज नेप्से ०.३६ प्रतिशतले घटेर १९२६.४० बिन्दुमा आएर बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। आजको कुल कारोबार रकम १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँ रहेको छ।

आज नेप्सेमा २५९ वटा धितोपत्रको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको हो।

आइतबार तीन वटा लघुवित्त कम्पनी र एउटा हाइड्रोको सेयरमूल्य १० प्रतिशतले बढेका छन। युनिक नेपाल, मानुषी लघुवित्त, लघुवित्त र शुभम् पावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हुन। 

यसैगरी, सर्वाधिक १० प्रतिशत मूल्य घट्नेमा सानिमा ग्रोथ फण्ड रहेको छ।

आईतबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचकमा गिरावट आएको छ।

यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक बढेको छ भने  यता, म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप