Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजदेखि खुल्यो यस कम्पनिको आइपिओ, कसरी भर्ने?

  •   ३ वर्ष अघि | १६ कार्तिक २०८०, बिहिबार

कार्तिक १६, काठमाडौँ । आज (बिहीबार) देखि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ। 

कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता आइपिओ निष्कासन गरेको हो।

यस कम्पनिको आइपिओमा न्यूनतम १० कित्ताका देखि अधिकतम ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। 

यस कम्पनिको आइपिओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले 'आइआरएन डबल बी इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

मुक्तिनाथ क्यापिटल लिमिटेड कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। 

यस कम्पनिको आइपिओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप