माग १९, काठमाडौँ । कालिन्चोक दर्शन लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओको बाँडफाँड आज बिहिबार हुँदै छ । आज माघ १९ गते बिहिबार बिहान ९:३० बजे आइपिओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी दिएको छ । माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको कालिन्चोक दर्शन लिमिटेडले कम्पनीले सर्बसाधारणलाई ८ लाख ९६ हजार ४ सय कित्ता निष्काशन गरेको हो । कम्पनीले १ लाख २० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसके पश्चात बाँकि कित्ता सर्बसाधारणलाई निष्काशन गरेको हो । त्यसैगरी श्रम स्वीकृति लिई विदेशीमा कार्यरत रहेका नेपाली श्रमिकलाई १ लाख ८ हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले ५४ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ।
कालिन्चोक दर्शन लिमिटेडले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ ।
कालिन्चोक दर्शन लिमिटेडले आईपिओको बाँडफाँड प्रकृया पुरा भई सकेपछी आईपिओको रिजल्ट हेर्नको लागू मेरो सेयरको अफिसियल वेवसाईट, कालिन्चोक दर्शनको अफिसियल वेवसाईट र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको वेवसाइटमा गई सजिलै हेर्न सकिने छ । आईपिओ भर्नु हुने सबैमा न्युज बहारको तर्फबाट शुभकामना छ ।