असार २०, काठमाडौँ। घोराही सिमेन्टको आइपिओ पुनः खोल्न सकिने व्यवस्था धितोपत्र बोर्डले गरेको छ।
पुनः आइपिओ खोल्नु भन्दा पहिला हाल कम्पनीमा आवेदन दिएकाहरूलाई लगानी झिक्न वा थपघट गर्न तीन दिनको समय दिइने बोर्डले जनाएको छ।
धितोपत्र बोर्डले यो तिन दिनको समयपछि कम्पनीले अर्को सात दिनसम्म आइपिओ खुला राख्न सक्ने व्यवस्था गरेको हो।
लगानीकर्तालाई बिक्री प्रबन्धकले सूचना जारी गरेर समय दिनेछ भने कम्पनीको आइपिओमा आफ्नो खातामा भएकोभन्दा धेरै रकमको आवेदन हालेकालाई बोर्डले जालसाजी मुद्दामा छानबिन गर्न प्रहरीकोमा पठाउने निर्णय गरेको छ।
- न्युज बहार संवाददाता