Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजदेखि खुल्यो यस लघुवित्त कम्पनिको एफपीओ

  •   ३ वर्ष अघि | २१ कार्तिक २०८०, मङ्लबार

कार्तिक २१, काठमाडौँ । आज मंगलबारदेखि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ (फर्दर पब्लिक अफरिङ) खुलेको छ ।

संस्थाले एक लाख ७८ हजार ४५१ कित्ता सेयर अंकित मूल्य १०० का दरले सर्वसाधारणमा निस्कासन गरेको हो । यस कम्पनिको सेयरमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपश्चात बनेको हो ।

यस कम्पनिको भैरहवा सिद्धार्थनगर वडा नम्बर १२ मा यसको रजिस्टर्ड कार्यालय रहेको छ  भने २८ जिल्लाहरुमा ८२ शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।

क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।


सिद्धार्थ क्यापिटल लिमिटेड लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। यस कम्पनिको एफपीओमा लगानि गर्न चाहाने लगानिकर्ताहरले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

  • न्युज बहार संवाददाता

थप