मंसिर ६, काठमाडौँ । बुक बिल्डिङ प्रक्रियाबाट नेपालमा
पहिलो पटक सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निस्कासन गरेको छ ।
संस्थागत
लगानीकर्ताले मात्रै आज बुधबारदेखि बिक्री खुला भएको सर्वोत्तमको आईपीओमा आवेदन
दिन पाउनेछन्।
यस सर्वोत्तम
सिमेन्टको आईपीओ संस्थागत लगानीकर्तालाई बाँडफाँट भइसकेपछि अर्को चरणमा मात्रै
सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
कम्पनीले
जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको कुल ६० लाख कित्ता अर्थात १२.९०३३ प्रतिशत
हुन आउने ६० करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । यसमध्ये २४ लाख
कित्ता अर्थात ४० प्रतिशत सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ
भने बाँकी ३६ लाख कित्ता सेयर अर्थात ६० प्रतिशत सेयर सर्वसाधारणलाई पछि जारी
हुनेछ ।
संस्थाहरुलाई
कम्पनीको सेयरका लागि न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१
रुपैयाँ ५० पैसाको रेञ्ज प्रदान गरिएको छ । मंसिर १० गतेसम्म संस्थागत
लगानीकर्ताले यो कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिनेछन् ।
गोप्य
शिलबन्दीमार्फत संस्थागत लगानीकर्ताले तोकिएको मूल्य रेञ्जभित्र रहेर दिएको
आवेदनअनुसार प्रतिस्पर्धाका आधारमा निश्चित मूल्य (कट अफ प्राइस) तय हुन्छ । पछि
सर्वसाधारणलाई त्यहीं तय भएको कटअफ प्राइसभन्दा १० प्रतिशत कम मूल्यमा ३६ लाख
कित्ता सेयर जारी हुनेछ। कम्तीमा ५० कित्ताका लागि सर्वसाधारणले बुक बिल्डिङबाट
खुल्ने आईपीओमा आवेदन दिनुपर्ने व्यवस्था रहेको छ । एक व्यक्तिले बाँडफाँटका
क्रममा पनि कम्तीमा ५० कित्ता सेयर पाउने छन् ।
- न्युज बहार संवाददाता