असोज २५, काठमाडौँ । आज बिहीबार अमेरिकी डलरको भाउमा गिरावट आएको छ
।
आज डलर
एकको खरिददर १३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४१ पैसा कायम गरिएको नेपाल
राष्ट्र बैंकले जनाएको छ । यस दिन अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ २४ पैसा
र बिक्रीदर ८५ रुपैयाँ ६३ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४०
रुपैयाँ ८३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
त्यसैगरी आज क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ६५ पैसा र
बिक्रीमा ९८ रुपैयाँ ०९ पैसा पाइनेछ ।
आज बेलायती
पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९३ पैसा
तोकिएको छ।
यस्तै, राष्ट्र
बैंकले आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८
पैसा तोकेको छ । साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४१ पैसा र
बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा तोकेको छ ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइनेछ । राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ १५ पैसा र बिक्रीमा २८ रुपैयाँ २७ पैसा तोकेको छ।
यस दिन कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ६५ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ५९ पैसा पाइने भने त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८६ पैसा तोकिएको छ।
- न्युज बहार संवाददाता