फागुन २८, काठमाडौँ। सेयर
बजार परिसूचक नेप्से कारोबारको पहिलो दिन दुई हजार अकं मुनि आइपुगेको छ। साताको
पहिलो दिन आइतबार नै नेप्से परिसूचक २६.८० अंकले घटेर १,९७५ विन्दुमा आइपुगेर रोकिएको छ।
मुलुकको
आन्तरिक आर्थिक अवस्थामा सुधार नआएकोले बजारमा आकर्षण बढ्न नसकेको हो विज्ञहरुको
भनाई छ।
नेप्से अघिल्लो
साताको अन्तिम दुई दिन लगातार बढेर दुई हजार माथि उक्लिएको थियो तर नेप्सेको यो
वृद्धि टिक्न सकेन र आज २६.८० अकंको गिरावट आएको छ।
बजार
घटेपनि घटेको बजारमा कारोबार रकममा भने वृद्धि भएको छ। कारोबार रकम ६.४१ प्रतिशले बढेर
एक अर्ब ६६ करोड रूपैयाँ पुगेको छ।
- न्युज बहार संवाददाता