Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चालु वर्षको ७ महिना ३८ अर्ब २९ करोड रूपैयाँको भटमासको कच्चा तेल आयात

  •   १ वर्ष अघि | ११ फाल्गुन २०८१, आइतवार

फागुन ११, काठमाडौँ । नेपालमा सबैभन्दा धेरै आयात हुने बस्तु के हो? लामो समयदेखि नेपाली व्यापारमा सबैभन्दा बढी योगदान डिजेल, पेट्रोल र एलपी ग्यासको रहँदै आएको छ।

सबैभन्दा धेरै आयात हुने वस्तुमा  पहिलो नम्बरमा डिजेल दोस्रो नम्बरमा पेट्रोल र तेस्रो नम्बरमा एलपी ग्यास रहँदै आएका थियो।

तर चालु वर्षमा दोस्रो नम्बरको पेट्रोललाई भने भटमासको कच्चा तेलले पछि पारेको छ।

भटमासको कच्चा तेलको आयात विशेषगरी पछिल्ला तीन महिना अत्याधिक बढेको छ।

चालु वर्षको ७ महिनाको अवधिमा ३८ अर्ब २९ करोड रूपैयाँको भटमासको कच्चा तेल आयात भएको छ ।

भटमासको कच्चा तेल गत वर्षको यही समयमा ८ अर्ब ५४ करोड रूपैयाँ बराबरको आयात भएको थियो। 

  • न्युज बहार संवाददाता

थप