मंसिर
६, काठमाडौँ । मंगलबार उच्च अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज बुधबार
दोहोरो अंकले बढेको छ।
आज
बुधबार नेप्से परिसूचक २०.६७
अंक (१.१३ प्रतिशत)ले बढेर १८५०.३३ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचकसँगै अघिल्लो
दिनको तुलनामा कारोबार रकम पनि बृद्धी भएको छ।
यस दिन २९४ वटा धितोपत्रको ४२
लाख १३ हजार २८५ कित्ता सेयर किनबेचबाट १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँ
कारोबार भएको हो।
आज बुद्धभूमी नेपाल
हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक ८.१५ प्रतिशतले
घट्नेमा सयपत्री हाइड्रोपावर रहेको छ।
आज
नेप्सेमा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
यसदिन आज कारोबारमा आएका १३ वटा समूहगत
परिसूचकमध्ये १२ वटा समूहको परिसूचक बढ्दा म्युचुअल फण्ड समूहको परिसूचक ०.०३
प्रतिशतले घटेको छ।
यसदिन
सर्वाधिक ३.४९ प्रतिशतले होटल्स तथा पर्यटन समूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता