Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सोनापुर मिनरल्स एन्ड आयल कम्पनिको आइपिओ बाँडफाँट, यसरी हेर्नुस नतिजा

  •   ३ वर्ष अघि | २४ असोज २०८०, बुधबार

असोज २४, काठमाडौँ । आज बुधबार सोनापुर मिनरल्स एन्ड आयल कम्पनिको आइपिओ बाँडफाँट भएको छ।

आइपिओ बाँडफाँट बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको हो । आइपिओ बाँडफाँट प्रकृयामा गोलाप्रथामार्फत् १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरूमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ यससँगै ८ जनाले ११ कित्ता र १० लाख ३२ हजार १२४ जनाले १० कित्ताका दरले सेयर पाएका हुन्। 

प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कम्पनीले कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो।

लगानीकर्ताले आइपिओ बाँडफाँटको नतिजा मेरोसेयर एकाउन्ट, बिक्री प्रबन्धकको वेबसाइट बाट हेर्न सक्नेछन् भने नतिजा कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि हेर्न सकिन्छ।

  • न्युज बहार संवाददाता

थप