Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्र बैंकले तिहारका लागी सुनका असर्फी र चाँदीका सिक्का आइतबारदेखि बिक्री सुरु गर्ने

  •   ३ वर्ष अघि | १६ कार्तिक २०८०, बिहिबार

कार्तिक १६, काठमाडौँ । आइतबारबाट तिहारको लागि राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्काको बिक्री सुरु गर्ने भएको छ।

आगामी आइतबार (कात्तिक १९ गते) देखि २४ गतेसम्म राष्ट्र बैंकले सिक्का बिक्री गर्ने भएको हो। 

बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुनका सिक्का बिक्री गर्न लागेको बताएका छन।

राष्ट्र बैंकले बिक्री गर्ने चाँदी र सुन दुवै उच्च कोटीको ९९९ टचको हुने जनाइएको छ।

सामान्य भाषामा यसलाई २४ क्यारेटका सुन-चाँदी भन्ने गरिन्छ । यसरी राष्ट्र बैंकले बिक्री गर्ने सुनको मूल्य भने हरेक दिन सुन चाँदी व्यवसायी महासंघले तोके अनुसार परिर्वतन हुने छ भने चाँदीका सिक्काको मूल्य भने तोकिसकिएको छ। 

१० ग्राम सिक्काको मूल्य १ हजार ६ सय रूपैयाँ र २५ ग्राम सिक्काको मूल्य ४ हजार रूपैयाँ तोकिएको छ। राष्ट्र बैंकले गाई, गणेश र गजलक्ष्मी अंकित चाँदीका सिक्का बिक्री गर्न लागेको हो। 

  • न्युज बहार संवाददाता

थप