Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बाढीले खण्डहर बनाएको कागबेनीमा भेटियो डेढ करोड रुपैयाँ ।

  •   ३ वर्ष अघि | ३ भदौ २०८०, आइतवार

भदौ ३, काठमाडौँ । कागबेनी क्षेत्रमा गत आइतबार आएको बाढीले खण्डहर बनाएको थियो । आज सोही बाढीले बगाएर ल्याएको ग्रेगान खोतल्ने क्रममा डेढ करोड रुपैयाँ फेला परेको छ । बढीले इन्भेष्टमेन्ट र प्रभु बैंक रहेको भवन बगाएपछी बागेको रकम आज फेला परेको हो ।

सेना, प्रहरी र स्थानीयबासीको सहयोगमा ग्रेगान खोतल्ने क्रममा आइतबार प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला पारेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिएका छन ।

प्रजिअ केसीले भने ‘प्रभु बैंकको भवन नै बाढीले बगाएको थियो। भग्नावशेष खोतल्ने क्रममा बैंकको लकर र लकरभित्र ५१ लाख ६२ हजार २२६ रुपैयाँ भेटीएको बैंकले जानकारी दिएको हो।

इलाका प्रहरी कार्यालय कागबेनीका प्रहरी निरीक्षक मिलनबहादुर विकले बाढीले इन्भेष्टमेन्ट मेगा बैंकमा पनि क्षति पुर्‍याएको र बाढीले थुपारेको गेग्रान पन्छाउने क्रममा इन्भेष्टमेन्ट मेगाको पनि हराइरहेको १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ फेला परेको जानकारी दिए।

  • न्युज बहार संवाददाता

थप