Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसुचक नेप्से बढ्यो, ०.३९ प्रतिशतको बृद्धि ।

  •   ३ वर्ष अघि | ३२ साउन २०८०, बिहिबार

साउन ३२, काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन सेयर बजार परिसुचक नेप्से बद्धी भएको छ ।

आज नेप्से परिसूचक ८.०१ अंक (०.३९ प्रतिशत) ले बढेर २०३३.१३ बिन्दुमा पुगेको छ।

अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम पनि भने घटेको छ।

यस दिन २७१ वटा धितोपत्रको ४० लाख ९ हजार २६३ कित्ता सेयर किनबेचबाट १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा लक्ष्मी इक्विटी फण्ड रहेको छ।

यस दिन सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १२ वटा समूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड समूहको परिसूचक ०.२३ प्रतिशतले घटेको छ ।

आज लगानीकर्ताको उच्च आकर्षण व्यापार समूहको परिसूचकमा देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशतले बढेको छ।

  • न्युज बहार संवाददाता

थप