असार २६, काठमाडौँ । आज सेयर साताको तेस्रो कारोबार दिन मंगलबार बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आज मंगलबार सेयर बजार परिसूचक नेप्से ४.७३ अंकले गिरावट हुँदा २०७२.२४ को विन्दुमा बन्द भएको छ ।
यस दिन वित्त कम्पनीमा र विकास बैंक समुहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । साथै आज उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचक बढेको छ भने अन्य अधिकांश उपसूचक घटेको छ।
असार मसान्तमा नजिकिदैँ गर्दा सेयर बजारमा लगानीकर्ताको सक्रियता कम भएको छ। यसको असर कारोबार रकममा परेको छ। यस दिन नेप्सेमा ५४ हजार ९४३ वटा कारोबारमा ७९ लाख ८८ हजार ९८६ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ भने आज २ अर्ब ८५ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा हिमालयन पावर पार्टनरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ भने सबै भन्दा धेरै सिंगटी हाइड्रोपावरको सेयरमूल्य ५.९६ प्रतिशतले गिरावटबएको छ।
- न्युज बहार संवाददाता