Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम कती?

  •   ३ वर्ष अघि | ४ साउन २०८०, बिहिबार

साउन ४, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सामान्य एकल अंकको गिरावट आएको छ ।

दिनभर उतारचढावको अवस्थामा रहेको बजार अन्तिममा १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा बन्द भएको हो।

आजको गिरावट ०.०६ प्रतिशतको मात्र हो । घट्दो बजारमा पनि व्यापार, उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले कमाएका छन । यस दिन व्यापार उपसूचक ६.३५ प्रतिशतले बढेको छ ।

आज बिहीबार नेप्सेमा २६४ धितोपत्रको ५४ हजार ९५४ कारोबारबाट ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज बजारमा विशाल बजार कम्पनी र लिवेट्री इनर्जीको कारोबार सकारात्मक सर्किट लेवलमा भयो भने सिटिजन्स म्यूचअल फण्ड र कुमारी इक्विटी फण्डको मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ। 

त्यसैगरी शिवम् सिमेन्ट, सोल्टी होटलको सबै भन्दा धेरै कारोबार भएको छ ।

  • न्युज बहार संवाददाता

थप