साउन १, काठमाडौँ। नयाँ आर्थिक वर्ष २०८०/८१ को पहिलो दिनलाई नेप्सेले हरियाली सहित स्वागत गरेको छ। आज एकै दिन नेप्सेमा ४७.०७ अंक(२.२४ प्रतिशत)को बृद्धी भएको छ।
यस दिन नेप्से २१४४.१६ बिन्दुमा बन्द भएको छ।
आज सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बृद्धी भएको छ।
यस दिन २५७ वटा धितोपत्रको ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेचमा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको कारोबार भएको छ।
आज सोमबार बिपिडब्ल्यू लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयरमूल्य सर्वाधिक घट्नेमा कुमारी धनवृद्धि योजना रहेको छ।
यस दिन नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
त्यसैगरी, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमा सबै समूहको परिसूचक बढ्दा म्युचुअल फण्ड समूहको परिसूचक भने ०.४९ प्रतिशतले घटेको छ।
आज नेप्सेमा विकास बैंक समूहको परिसूचक सर्वाधिक ४.१४ प्रतिशतले बढेको छ।