Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेप्सेले गर्यो दसैँलाई दोहोरो अंकको बृद्धीले स्वागत

  •   १० महिना अघि | १२ असोज २०८२, आइतवार

असोज १२, काठमाडौँ । दशैँअघि अन्तिम दिनको सेयर कारोबारमा नेप्से परिसूचक हरियो अवस्थामा बन्द भएको छ। गत बिहीबार सामान्य रूपमा घटेको नेप्से आइतबार भने केही अंकले उकालो लागेको हो।

आइतबार नेप्से ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स ३.२२ अंक, फ्लोट इन्डेक्स १.१७ अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१० अंकले वृद्धि भएका छन्।

यद्यपि परिसूचक बढे पनि कारोबार रकम भने घटेको देखिन्छ। बिहीबार ३ अर्ब २६ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ३१४ कम्पनीका ७५ लाख ११ हजार कित्ता शेयर ३९ हजार ८५९ पटक खरिदबिक्री हुँदा कुल कारोबार २ अर्ब ९३ करोड ५९ लाख रुपैयाँमा झरेको छ।

ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई मूल्य ८९ पैसा बढेर ९ रुपैयाँ ७९ पैसामा सकारात्मक सर्किट लेभलमा पुगेको छ। भगवती हाइड्रोपावरको शेयर झन्डै ८ प्रतिशतले बढेको छ भने यूनियन हाइड्रोपावरको मूल्य करिब ५.५ प्रतिशतले उकालो लागेको छ। यस दिन सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै, १० प्रतिशतले घटेको छ।

कारोबार रकमको हिसाबले यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ, जसको २४ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो। नेपाल पुनर्बीमा कम्पनीको कारोबार ११ करोड रुपैयाँभन्दा माथि पुगेको छ भने शिवम् सिमेन्टको कारोबार ८ करोड नाघेको छ।

१३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक वृद्धि भएको छ। म्युचुअल फण्ड उपसमूह झन्डै १ प्रतिशतले बढेको छ। तर, व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १.२८ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन र अन्य उपसमूहमा पनि सामान्य गिरावट देखिएको छ।

  • न्युज बहार संवाददाता

थप