Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१७.०४ अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

  •   २ वर्ष अघि | २ असार २०८१, आइतवार

असार २, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

आज नेप्से परिसूचक १७.०४ अंक(०.८० प्रतिसत) घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ। 

यस दिन नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । बजारमा यस दिन ३१७ स्टकको ७१ हजार ९९७ पटकको कारोबारमा ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

घटेको नेप्सेमा यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल फाइनान्सको यस दिन शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन भगवती हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त फाइनान्सको यस दिन ३० करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने होटल तथा पयर्टन उपसमूहको परिसूचक बढेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.०४ प्रतिशतले बढेको हो । आज सर्वाधिक १.७१ प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक घटेको छ ।

  • न्युज बहार संवाददाता

थप