Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

८.९० अंकले बढ्यो नेप्से, हाइड्रोपावर उपसमूहको सूचकमा सबैभन्दा धेरै बृद्धी

  •   २ महिना अघि | २८ जेष्ठ २०८१, सोमवार

जेठ २८, काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार परिसुचक नेप्सेमा ठूलो उतारचढाव नभएपनि केहि समूहको शेयरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ।

आज नेप्से सूचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकम पनि बढेको छ। आज बजारमा५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर खरिदबिक्री भएको छ।यस दिन सबैभन्दा धेरै १० प्रतिशतले त्रिशुली जलविद्युत र कुथली बुखरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको छ भने छ।

त्यस्तै गरी सबैभन्दा धेरै ८.६७ प्रतिशतले जानकी फाइनान्सको शेयरमूल्य घटेको छ ।

यस दिन सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक छ भने ६ उपसमूहको सूचक नकारात्मक छ ।

आज ३ प्रतिशतभन्दा धेरै म्युचुअल फण्ड उपसमूहको सूचक घटेको छ।

यस दिन हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ ।

  • न्युज बहार संवाददाता

थप