Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

८.९० अंकले बढ्यो नेप्से, हाइड्रोपावर उपसमूहको सूचकमा सबैभन्दा धेरै बृद्धी

  •   २ वर्ष अघि | २८ जेष्ठ २०८१, सोमवार

जेठ २८, काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार परिसुचक नेप्सेमा ठूलो उतारचढाव नभएपनि केहि समूहको शेयरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ।

आज नेप्से सूचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकम पनि बढेको छ। आज बजारमा५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर खरिदबिक्री भएको छ।यस दिन सबैभन्दा धेरै १० प्रतिशतले त्रिशुली जलविद्युत र कुथली बुखरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको छ भने छ।

त्यस्तै गरी सबैभन्दा धेरै ८.६७ प्रतिशतले जानकी फाइनान्सको शेयरमूल्य घटेको छ ।

यस दिन सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक छ भने ६ उपसमूहको सूचक नकारात्मक छ ।

आज ३ प्रतिशतभन्दा धेरै म्युचुअल फण्ड उपसमूहको सूचक घटेको छ।

यस दिन हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ ।

  • न्युज बहार संवाददाता

थप