असोज १०, काठमाडौँ । नेप्से
परिसूचक बुधबार १८.६० अंक (०.९१ प्रतिशत)ले घटेर २००४.३० बिन्दुमा बन्द भएको छ ।
नेप्से
परिसूचकसँगै बुधबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन
२८२ वटा धितोपत्रको ७० लाख ६१ हजार ४०४ कित्ता सेयर किनबेचबाट १ अर्ब ८१ करोड ४३
लाख ५९ हजार २२ रुपैयाँको कारोबार भएको छ ।
यस दिन सेयर
मूल्य सर्वाधिक बढ्नेमा मनकामना इन्जिनियरिङ हाइड्रोपावर रहेको छ भने सेयर मूल्य
सर्वाधिक घट्नेमा लक्ष्मी भ्यालु फण्ड–२ रहेको छ।
आज नेप्सेमा सन नेपाल लाइफ
इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत
समूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशतले गिरावट आएको छ भने अन्य सबै समूहको
परिसूचक पनि घटेको छ ।
- न्युज बहार संवाददाता