असार
१२, काठमाडौँ । आज बुधबार शेयर बजार परिसुचक नेप्से घटेर बन्द भएको छ। आज नेप्से
परिसूचक ११.६० अंक(०.५६ प्रतिशत)ले घटेर २०६०.१६ विन्दुमा बन्द भएको हो ।
यस दिन नेप्सेसँगै कारोबार
रकम पनि घटेको छ। बजारमा यस दिन ३०५ स्टकको ५४ हजार ७९३ पटकको कारोबारमा ४ अर्ब ५
करोड ८० लाख रुपैयाँ बराबरको ८७ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज सर्वाधिक ९.८७ प्रतिशतले नेपाल फाइनान्सको शेयरमूल्य बढेको
छ भने कारोबारमा आएको साधना लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ६.३८ प्रतिशत
घटेको छ।
यस दिन कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष
स्थानमा रहेको छ। उक्त फाइनान्सको यस दिन १६ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर
खरिदबिक्री भएको छ।
आज कारोबारमा आएका १३
उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।
यस दिन म्युचुअल फण्ड, वित्त र
व्यापार उपसमूहको परिसूचक सामान्य बढ्दा विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक
१.०३ प्रतिशत घटेको छ।
- न्युज बहार संवाददाता