साउन ७, काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको छ। आज बढेको सेयर बजारले मौद्रिक नीति २०८०/८१ लाई स्वागत गरेको छ । किनकी आज नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको हो । आज नेप्से २.९२ प्रतिशतको वृद्धि भएको हो ।
साताको पहिलो कारोबार दिन सबै उपसूचकहरु हरियो देखिएका छन । सबैभन्दा धेरै व्यापार, बैक, विकास बैंक, उपसूचकमा बृद्धी भएको छ ।
आज आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ जसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको हो ।
आइतबार किसान लघुवित्त, चन्द्रागिरि हिल्ससहितका धितोपत्रको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ भने एनआईबीए ग्रोथ फण्डको मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ ।
आज नेप्सेमा शिवम् सिमेन्ट, ज्योती विकास बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।
- न्युज बहार संवाददाता