Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

४४.३४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि उछाल

  •   ३ वर्ष अघि | ४ असोज २०८०, बिहिबार

असोज ४, काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा हरियाली छाएको छ। आज नेप्से परिसुचक ४४.३४ अंक (२.२३ प्रतिशत) ले बढेर २०२९.७८ बिन्दुमा बन्द भएको छ।

यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बृद्धी भएको छ।

यस दिन २७८ वटा धितोपत्रको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर किनबेचबाट ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँ कारोबार भएको हो।

आज नेप्सेमा नौ वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ।

बिहिबार दिव्यश्वरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र स्वाभिमान लघुवित्त लगायत अन्य पाँच कम्पनिको सेयर मूल्य १० प्रतिशतले बृद्धी भएको छ भने आज सेयर मूल्य सर्वाधिक घट्नेमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ।

यस दिन नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको छ । आज जलविद्युत समूहको परिसूचक सर्वाधिक ५.३१ प्रतिशतले बढेको छ भने ४.३८ प्रतिशतले वित्त समूहको परिसूचक बढेको छ।

  • न्युज बहार संवाददाता

थप