भदौ
६, काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक बृद्धी भएको छ। आज नेप्से
२९.४७ अंक (१.४६ प्रतिशत)ले बढेर २०४५.४५ बिन्दुमा बन्द भएको हो।
यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
यस
दिन उक्त रकम बढेर
यस दिन
२७३ वटा धितोपत्रको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर किनबेचबाट १ अर्ब ५१ करोड ४ लाख
८८ हजार ९८४ रुपैयाँको कारोबार भएको हो।
आज
नेप्सेमा कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ
भने
सेयर मूल्य सर्वाधिक घट्नेमा
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड रहेको छ यसको मुल्य ४.०१ प्रतिशतले घटेको छ ।
आज
नेप्सेमा घोराही सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, यस दिन कारोबारमा आएका १३ वटा समूहगत
परिसूचकमध्ये सबै समूहको परिसूचक बृद्धी भएको छ।
आज सबैभन्दा
धेरै जलविद्युत समूहको परिसूचक २.७४ प्रतिशतले बढेको छ।
- न्युज बहार संवाददाता