बैशाख २६, काठमाडौँ। आज सेयर बजार परिसुचक नेप्सेमा बृद्धि भएको छ। साताको तेस्रो दिन मंगलबार नेप्से १०.६६ अंक बढेर १८४४.३६ बिन्दुमा पुगेको छ।
आज नेप्से बढ्नुको पछाडी बैंकको ब्याजदर रहेको मानिएको छ। अब मासिक रुपमा बैंकहरूले कर्जाको ब्याजदर तय गर्ने भएसँगै यसको प्रभाव सेयर बजारमा देखिएको हो।
सोमबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै पुराना ऋणीलाई समेत मासिक आधारदरबाट कर्जाको ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरेको थियो।
- न्युज बहार संवाददाता