Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

३.९७ अंकले नेप्से घट्यो, २.४३ प्रतिशतले लघुवित्त उपसमूहको परिसुचक बढ्यो

  •   २ वर्ष अघि | २१ जेष्ठ २०८१, सोमवार

जेठ २१, काठमाडौँ । साताको दोस्रो कारोबार शेयर बजार परिसुचक नेप्से आज घटेर बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक ३.९७ अंक(०.१९ प्रतिशत) घटेर २०७९.०७ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३१६ स्टकको ५९ हजार २८५ पटकको कारोबारमा ४ अर्ब ४० लाख रुपैयाँ बराबरको ८८ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सर्वाधिक ९.९८ प्रतिशतले बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य बढेको छ भने यस दिन एनआईबिएल स्टेबल फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त उपसमूहको परिसूचक बढेको छ । यस दिन २.४३ प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ।

 

  • न्युज बहार संवाददाता

थप