Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साताको पहिलो कारोबार दिन घट्यो नेप्से, करोबार रकम पनि घट्यो

  •   ३ वर्ष अघि | ६ फाल्गुन २०८०, आइतवार

फागुन ६, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक २७.२१अंक(१.३१ प्रतिशत)ले घटेर २०३४.८२ विन्दुमा बन्द भएको छ। 

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यस दिन ३१५ स्टकको ९७ हजार १०५ पटकको कारोबारमा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेमा गिरावट आउँदा पनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त र बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन सर्वाधिक ८.२१ प्रतिशतले सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य घटेको छ।

यस दिन पनि कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनिको ४० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक २.७० प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ

  • न्युज बहार संवाददाता

थप