Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

५७.०३ अंकले घट्यो नेप्से

  •   २ वर्ष अघि | ३१ भदौ २०८१, सोमवार

भदौ ३१, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । नेप्से परिसूचक करिब २ महिनापछि २६०० विन्दुभन्दा तल बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३१२ स्टकको ९२ हजार ८१५ पटकको कारोबारमा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

घटेको नेप्सेमा यस दिन दुई स्टक आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सर्वाधिक ९.९१ प्रतिशतले गुडविल फाइनान्सको शेयरमूल्य यस दिन घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ३१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेको छ। सर्वाधिक ५.६६ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप