Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साताको अन्तिम कारोबार दिन ४ अंकले घट्यो नेप्से

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार

असोज २, काठमाडौँ । बुधबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से यस दिन सामान्य अंकले घटेर बन्द भएको हो।

आज नेप्से परिसूचक ४ अंक घटेर २५७६.७६ विन्दुमा बन्द भएको छ।

बजारमा कारोबार रकम केही दिनदेखि घट्दो क्रममा छ । यस दिन ३२० स्टकको ८० हजार ३७८ पटकको कारोबारमा ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड ३९ लाख ५२ हजार कित्ता शेयर खरिबिक्री भएको छ।

यस दिन सर्वाधिक ८.०८ प्रतिशतले कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेको छ भने कारोबारमा आएको गुडविल फाइनान्सको शेयरमूल्य सर्वाधिक ६.७७ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको आज २० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन०.७६ प्रतिशतले बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ भने। सर्वाधिक २.६८ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप