Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

११.०४ अंकले घट्यो नेप्से, १९५६.९२ बिन्दुमा बन्द

  •   ३ वर्ष अघि | १८ असोज २०८०, बिहिबार

असोज १८, काठमाडौँ । बिहीबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११.०४ अंक (०.५६ प्रतिशत)ले घटेर १९५६.९२ बिन्दुमा बन्द भएको छ छ।

बिहीबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

यस दिन २८० वटा धितोपत्रको ३५ लाख ६२ हजार ६२४ कित्ता सेयर किनबेचबाट १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँको कारोबार भएको हो।

यस दिन नेप्सेमा बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.३० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक ९.९४ प्रतिशतले घट्नेमा इन्फिनिटी लघुवित्त रहेको छ।

आज सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, यस दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १२ वटा समूहगत परिसूचक घटेको छ भने म्युचुअल फण्ड समूहको परिसूचक ०.२४ प्रतिशतले बढेको छ। आज होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशतले घटेको छ ।

  • न्युज बहार संवाददाता

थप