भदौ १०, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार २०.५४ अंक (१.०२ प्रतिशत)ले घटेर १९९३.३८ बिन्दुमा आइपुगेको छ ।
यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
यस दिन २८० वटा धितोपत्रको ३८ लाख ९५ हजार २३६ कित्ता सेयर किनबेचबाट १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँको कारोबार भएको छ ।
आज कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक घट्नेमा मकर जितुमाया सुरी हाइड्रोपावर रहेको छ।
यस दिन एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
त्यसैगरी आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.२४ प्रतिशतले बढेको छ भने बाँकी बाकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ ।
आज जलविद्युत समूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले घटेको छ।
- न्युज बहार संवाददाता