साउन १६, काठमडौँ । साउन २३ मंगलबार देखी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) को आवेदन खुल्ला गर्ने भएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले साउन २३ देखि साउन २६ समम आवेदन दिन सक्नेछन् । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।
यस कम्पनिको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आफ्नो आवदन दिन सक्ने छन।
त्यसैगरी सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरबाट अनलाईन आवेदन दिने पनि व्यवस्था रहेको छ ।
- न्युज बहार संवाददाता