Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

असोजमा आयात बढ्यो तर निर्यात बढेन

  •   ३ वर्ष अघि | १२ कार्तिक २०८०, आइतवार

कार्तिक १२, काठमाडौँ । आइतबार भन्सार विभागले असोज महिनाको आयात निर्यातको तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्क अनुसार आयात बढेको छ भने निर्यात घटेको छ। जसका कारण व्यापार घाटा थप बृद्धि भएको छ।

असोजसम्ममा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको विभागले जनाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढी हो। सोही अवधिमा गत वर्ष ४ खर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो।

आयात चालु आर्थिक वर्ष लागेदेखि नै घट्दै आइरहेको थियो तर व्यवसायीहरूले दशैंका लागि आयात बढाउँदा आयातमा वृद्धि देखिएको छ । जसरी आयात बढेको छ, त्यसैगरी नै निर्यात भने बढ्न सकेको छैन ।

निर्यात असोजमा ४० अर्बको मात्रै भएको छ भने त्यो पनि गत वर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशत कम रहेको छ । निर्यात ४० अर्बमा खुम्चिएको छ भने आयात मात्रै ४ खर्ब भन्दा बढी भएको छ।

विभागको तथ्याङ्कका अनुसार निर्यातको तुलनामा आयातलाई प्रतिशतमा ९७.५७ प्रतिशत बढी हो। आयात निर्यातमा देखिएको खाडलले व्यापार घाटा थप बढाएको छ। व्यापार घाटा असोजसम्म २.१५ प्रतिशत भएको छ।

  • न्युज बहार संवाददाता

थप